ऋणी एशोसिएसनका संयोजक देवी संग्रौला पक्राउ

काठमाडौँ। ऋणी एशोसिएसनका संयोजक देवी संग्रौला पक्राउ परेका छन् । बैंक तथा वित्तीय संस्थाका  कर्मचारीहरू आक्रमण गर्न उक्साउने संग्रौला पक्राउ परेका हुन्।

उनले वित्तीय संस्थाबाट ऋण लिएको मानिसहरूलाई भेला गरी बैंकका कर्मचारीहरू घरमा आएमा लखेट्नु, भौतिक आक्रमण गर्नु, कालो मोसो दल्नु  भन्दै भड्किलो अभिव्यक्तिहरू दिने गरेका थिए।

सामाजिक सञ्जाल तथा निगरानी  अनलाइन टिभी मार्फत यस्तो अभिव्यक्ति दिई सार्वजनिक शान्ति भङ्ग गर्ने गरेकोले उनलाई काठमाडौं अपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले एयरपोर्ट गेटबाट पक्राउ गरेको छ।

उनलाई  पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

नागरिक बचाउ महाअभियानका संयोजक संग्रौलामाथि यसअघि पनि अनुसन्धान भएको थियो । यसअघि सामाजिक सञ्जालमार्फत बैंक तथा वित्तीय संस्थालाई लक्षित गर्दै कानुन विपरीतका अभिव्यक्ति दिई समाजमा भ्रम सिर्जना गरेको आरोपमा ४४ वर्षीय देवी प्रसाद सङ्ग्रौलामाथि अनुसन्धान भएको हो।

साथै, उनले कानुनी राज्यमा कानुनको उल्लंघन गर्दै बैंक तथा वित्तीय संस्थाविरुद्ध बोलेको स्वीकार गर्दै उक्त कार्य आफ्नो गल्ती भएको पनि जनाएका थिए।

ऋणी एशोसिएसनका संयोजक संग्रौला पक्राउ

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै