काठमाडौँ। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्त वैशाख १७ गतेदेखि संस्थापक सेयर बिक्रीमा राखेको हो।
लघुवित्तले ३ संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ५ हजार ८ सय ७ कित्ता सेयर बिक्रीमा राखेको जनाएको छ।
संस्थाले सो सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा राखेको छ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थाका विद्यमान संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र संस्थाको कर्पाेरेट कार्यालय मध्यपुर थिमी भक्तपुरमा लिखित आवेदन दिन सक्नेछन्।

