काठमाडौँ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको बताएका छन् । राष्ट्र बैंकको ७१ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
बैंक तथा वित्तीय संस्थाको खराब कर्जा केही बढेको देखिए पनि अर्थतन्त्र सुधार भएसँगै सुधारिने भन्दै चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनको भनाई छ।
उनले हाल अर्थतन्त्रको विभिन्न वित्तीय सूचक सुधारोन्मुख देखिएको उल्लेख गरेका छन् ।

