सिटिजन्स बैंकको फड्को: २०औं वर्षमा सेवा र पूँजी दुवै मजबुत

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड आफ्नो स्थापनादेखि निरन्तर विस्तार र प्रगतिसँगै २०औं वर्षमा प्रवेश गरेको छ। बैंकले १९ वर्ष पूरा गरी औपचारिक रूपमा २०औं वर्ष सुरु गरेको जनाएको हो। लगभग दुई दशकको यात्रामा बैंकले वित्तीय क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। हाल बैंकको चुक्ता पूँजी १५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकले १ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने २ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ।

सेवा विस्तारसँगै बैंकको शाखा सञ्जाल देशभर २०० पुगेको छ। २० लाख ११ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको बैंकले आफ्नो ग्राहक आधारलाई पनि मजबुत बनाएको जनाएको छ। बैंकले निक्षेपकर्ता र ऋणीसँगै सेयरधनीहरूलाई समेत नियमित प्रतिफल प्रदान गर्दै आएको उल्लेख गरेको छ, जसले लगानीकर्ताको विश्वासलाई थप सुदृढ बनाएको छ।

यसका साथै, बैंकले सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेड मार्फत पूँजी बजारसम्बन्धी सेवा पनि प्रदान गर्दै आएको छ। आगामी दिनमा डिजिटल बैंकिङ, सेवा गुणस्तर सुधार र वित्तीय पहुँच विस्तारमा थप ध्यान केन्द्रित गर्ने योजना बैंकले सार्वजनिक गरेको छ। बैंकको यो उपलब्धिलाई नेपाली बैंकिङ क्षेत्रको महत्वपूर्ण माइलस्टोनका रूपमा लिइएको छ। यस अवसरमा बैंकले रक्तदान लगायत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमसमेत आयोजना गरेको जनाएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै