राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ जारी (पूर्णपाठ)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ जारी गरेको छ । राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थाहरुलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ र सो पश्चात मिति २०८२ चैत्र ३० गतेसम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकीकृत गरी तयार गरिएको यसैसाथ संलग्न भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ जारी गरेको हो ।

राष्ट्र बैंकले जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्था, ग्राहक हित संरक्षणसम्बन्धी व्यवस्था, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था र भुक्तानी प्रणालीको अन्तरआबद्धता तथा पहुँच सम्बन्धी व्यवस्था समेटेको छ ।

यो निर्देशन जारी भएसँगै अनुमतिपत्रप्राप्त वाणिज्य बैंकले नेपाल सरकारले तोकेका सडक तथा सडक खण्डहरुमा चल्ने सवारी साधनहरुबाट सडक उपभोग दस्तुर संकलन गर्ने प्रयोजनका लागि कार्ड जारी गर्न सक्ने भएका छन् ।

nepal rastra bank

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै