prabhu

एनआईसी एशिया बैंक लिमिटेडले घटायो व्याजदर

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले व्याजदर घटाएको छ । बैंकले श्रावण मसान्तसम्म ३ महिना वा बढीले भाका नाघेका कर्जाको व्याजदर घटाएको हो । 
बैंकले भाका नाघेका कर्जाहरुको भुक्तानी असोज मसान्तभित्र चुक्ता गर्ने ग्राहकलाई व्याज छुट दिने भएको हो ।त्यस्तै असोज मसान्तभित्र नै सबै तिर्नुपर्ने रकम चुक्ता गर्ने ग्राहकहरुको लागि व्याजदर घटाएर ८.९९ प्रतिशत तोकेको छ । 
यसरी व्याजदर घटाउने मौका अर्थात असोज मसान्त आउन १६ दिन बाँकी भएकाले छिटो भन्दा छिटो रकम चुक्ता गरी लाभ लिन बैंकले सबै ग्राहकलाई आग्रह गरेको छ ।
यस्तै असोज मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको व्याजदरलाई घटाई २०७७ कार्तिक १ गतेदेखि लागू हुनेगरी ८.९९ प्रतिशत व्याजदर कायम गरिने बैंकले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै