हेर्नुहोस् डिजिटल वित्तीय कारोबारका तीन तहका सुरक्षा

काठमाडौँ। नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय कारोबारमा तीन तहका सुरक्षाहरू सार्वजनिक गरेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै तीन तहका सुरक्षाहरू सार्वजनिक गरेको हो।

राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘आधुनिक डिजिटल प्रविधि हामीलाई सहज रुपमा वित्तीय सेवा प्रदान गरेको छ। तर, यसको दुरुपयोगको जोखिम पनि उत्तिकै बढेको छ। त्यसैले उच्च सुरक्षाका साथ यस्ता प्रविधि प्रयोग गर्न आवश्यक छ। यसका लागि तीन तहको सुरक्षा छन्।’

पहिलो तपाइँलाई मात्र थाहा हुने

यो तहले तपाइँलाई मात्र थाहा हुने जानकारीलाई जनाउँछ। जसमा तपाइँको पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर समावेश हुन्छ। यस तहको सुरक्षा मुख्य रुपमा तपाइँको ज्ञान र सम्झनामा भर पर्छ।

दोस्रो तपाइँसँग मात्र हुने

यो तहमा त्यस्ता वस्तु पर्दछन्, जसको पहुँच केवल तपाइँसँग हुन्छ। जस्तैः तपाइँको मोबाइल फोन, बैंक कार्ड वा सुरक्षा टोकन। यी वस्तुले तपाइँको पहिचान प्रमाणित गर्न मद्दत गर्दछन् र तपाइँको वित्तीय कारोबारलाई सुरक्षा प्रदान गर्दछन्।

तेस्रो तपाइँको आफ्नै

यसमा तपाइँको व्यक्तिगत बायोमेट्रिक विवरणहरु जस्तै: औँठाछाप, अनुहार वा आँखाको स्क्यानिङ आदि पर्दछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्