प्रभु इन्सोरेन्सले लाभांश दिने, सेयरधनीहरू मख्ख !

काठमाडौँ । प्रभु इन्सोरेन्सले लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको हो ।

कम्पनी सञ्चालक समितिको फागुन १७ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ रुपैयाँको कुल ९. १५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

जसमा ८.७ प्रतिशतले हुन आउने १४ करोड ७९ लाख ८३ हजार १६५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४६७९ प्रतिशतले हुन आउने ७७ लाख ८८ हजार ५८८ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्