स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

काठमाडौँ। स्रोत नखुलेको नगदसहित एक जना पक्राउ पक्राउ परेका छन्। स्रोत नखुलेको नगद २१ लाख ७६ हजार रूपैयाँसहित बुधबार साँझ एक जना व्यक्ति पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका २ मोहरिया टोल बस्ने ३४ वर्षीय तम्रुम पाल रहेका छन्। सोही महानगरपालिका ३ अधिकारी टोलबाट स्रोत नखुलेको नगदसहित उनलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यलाय कास्कीबाट खटिएको प्रहरीले ग.९ प ८३०७ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो। हाल यस घटनाको थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै