सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। सम्पदा लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले माघ १२ गतेदेखि संस्थापक सेयर बिक्रीमा राखेको हो।

कम्पनीले संस्थापक समुहका केही संस्थाको सेयरधनीको नाममा रहेको १६ हजार ८ सय ६१ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयर खरिदका लागि पहिलो प्रथामिकता कम्पनीको विद्यामान संस्थापक सेयरधनीलाई दिएको कम्पनीले जनाएको छ।

उक्त सेयर खरिद गर्न इच्छुक कम्पनीको विद्यमान संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको मितिले (माघ १२ गतेबाट) ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन्।कम्पनीको केन्द्रिय कार्यालय बन्दीपुर १ डुम्रे तनहुँ मा आफुले खरिद गर्ने सेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै