नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सेयर बिक्रीमा राखिएको छ। बैंकको करिब साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

बैंकको संस्थापक समूहको ३ लाख ४८ हजार ८५३ कित्ता सेयर बिक्रीमा राखिएको छ । यस सेयरमा हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

काठमाडौँको कमलादीस्थित बैंकको सेयर रजिस्ट्रारको कार्यालयमा ३५ दिनभित्र निवेदन दिनुपर्नेछ ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै