काठमाडौँ। स्रोत नखुलेको नगद ६ लाख रुपैयाँसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत लखिमपुर खिरी बस्ने ४० वर्षीय अतिक अंसारी पक्राउ परेका हुन्।
कैलालीको टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रुपैयाँसहित अंसारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले युपि २५ एपि ०००७ नम्बरको कारमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो।
हाल यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

