कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले १४ लाख ६२ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको हो।

बैंकको संस्थापक समूहको १४ लाख ६२ हजार ९३५ कित्ता सेयर बिक्रीमा राखिएको छ।

उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। सेयर खरिदका लागि काठमाडौँको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय र काठमाडौँको टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन पेस गर्न सकिनेछ।

साथै, निवेदन ३५ दिनभित्र पेस गर्नुपर्ने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्