National

ज्योति लाईफ इन्स्योरेन्स र नेपाल मेडिकल एशोशिएशनबीच सम्झौता, सहुलियत दरमा स्वास्थ्यकर्मीको बीमा गराउने

Jyoti Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स र नेपाल मेडिकल एशोशिएशनबीच सम्झौता भएको छ । इन्स्योरेन्स र मेडिकलबीच कार्तिक ५ गते सम्झौता भएको हो । 
अब ज्योति लाईफ इन्स्योरेन्सले नेपाल मेडिकल एशोशिएशनसँग आवद्ध सम्पूर्ण सदस्य तथा स्वास्थ्यकर्मीहरुको सहुलियत दरमा सामूहिक जीवन बीमाको सेवा प्रदान गर्ने भएको छ । 
ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र नेपाल मेडिकल एशोशिएशनको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । 
उक्त कार्यक्रम नेपाल मेडिकल एशोशिएशनका महासचिव डा.विनोद रिजाललगायत दुवै संस्थाका अन्य अधिकारीहरुको उपस्थितिमा भएको हो ।
उक्त सम्झौता अनुसार हाल तिव्रगतिमा फैलिंदै गरेको कोरोना भाइरसको महामारीको प्रतिकुल परिस्थितिमा पनि सेवामा समर्पित स्वास्थ्यकर्मीहरुले सहुलियत दरमा सामूहिक जीवन बीमा गर्न सक्ने भएका छन् ।
ज्योति लाईफ इन्स्योरेन्सले उक्त सम्झौता अनुसार नेपाल मेडिकल एशोशिएशनका स्वास्थ्यकर्मीहरुले कोरोना भाइरस, कालगति, बिरामी, हृदयघात वा कुनै पनि कारणबाट हुने मृत्युको जोखिमका साथै १५ घातक रोगहरुको उपचार सुविधाको जोखिम रक्षावरणको सुविधा प्रदान गर्न सक्ने भएका छन् । यसका साथै अन्य योजनामासमेत सहजता प्रदान गर्न सक्ने भएका छन् । 
यो सामूहिक जीवन बीमा सरल र अनलाइन फर्मको प्रकृयाबाट भरी संघमा आवद्ध सम्पूर्ण सदस्य तथा स्वास्थ्यकर्मीहरुले आफ्नो बीमा गरी परिवारका सदस्यहरुको भविष्य सुनिश्चित गराउन सक्नेछन् ।
विभिन्न प्रतिकुल परिस्थितिमा पनि आफ्नो कर्मक्षेत्रमा निरन्तर क्रियाशिल स्वास्थ्यकर्मीहरु यस सामूहिक म्यादी जीवन बीमाबाट बीमित सबैको मनोबल उच्च रहने विश्वास नेपाल मेडिकल एशोशिएशन र ज्योति लाईफ इन्स्यारेन्सले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै