National

सानिमा बैंक लिमिटेडको बुक क्लोज मिति तय

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंक लिमिटेडको बुक क्लोज मिति तय भएको छ । बैंकको वार्षिक साधारण सभा प्रयोजनको लागि कार्तिक १७ गते सोमबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । 
त्यसकारण कार्तिक १६ गते आइतबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्ने भएका छन् ।
बैंकको कार्तिक ६ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १६औंं वार्षिक साधारणसभा कार्तिक २८ गते शुक्रबार आम्रपालि ब्यांकेट बालुवाटार काठमाडौंमा हुने भएको छ । उक्त सभा भने बिहान ११ बजेबाट सुरू हुने भएको छ ।
बैंकको असोज २७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद गरि कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै