५ अर्ब बढी पैसा बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा ५ अर्ब रुपैयाँ भन्दाबढी लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकको विभिन्न कोषमा रहेको ५ अर्ब १ करोड १६ लाख रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो। जसका लागि राष्ट्र बैंकले पुस २२ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न बैंकहरुलाई आह्वान गरेको छ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा ४ अर्ब ९४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ७५ करोड १७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २५ करोड ५ लाख रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२६ जनवरी १८ देखि २०२७ जनवरी १८ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

rastra bank notice

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्