काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनासम्म (कात्तिक मसान्त) सरकारको खातामा २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ नगद मौज्दात रहेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्र बैंकमा रहेका नेपाल सरकारका विभिन्न खातामा सो परिमाण बराबरको रकम जम्मा भएको हो। केन्द्रीय बैंकका अनुसार २०८२ कात्तिक मसान्तमा राष्ट्र बैंकमा रहेको उक्त नगद मौज्दातमा प्रदेश तथा स्थानीय सरकारका खातामा रहेको रकम पनि समावेश छ।
यसअघि २०८२ असार मसान्तमा सरकारका विभिन्न खातामा रहेको नगद मौज्दात १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँ थियो।


