प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले पुस १३ गतेदेखि संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार हाल कायम बैंकको विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्रथामिकतामा राखि सो सेयर बिक्रीमा राखिएकाे हाे।

सेयर खरिद गर्न इच्छुक बैंकको विद्यामान संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकका कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्