लुम्बिनी विकास बैंकले लाभांश नदिने, सेयरधनीहरू निरास !

काठमाडौँ। लुम्बिनी विकास बैंकले लाभांश नदिने भएको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको ५१४ औं बैठकले लाभांश नदिने निर्णय गरेको हो।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेसँगै बैंकका सेयरधनीहरू निरास बनेका छन्।

सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि सो बैठकले गरेको छ। बैंकले अघिल्लो आर्थिक वर्षमा नगद र बोनस सेयर गरी ८ प्रतिशत लाभांश दिएको थियो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्