काठमाडौँ। पोखरा फाइनान्सले लाभांश वितरण नगर्ने भएको छ। फाइनान्सले एक सूचना जारी गर्दै गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने जनाएको हो ।
बैंकको पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।
सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि सो बैठकले गरेको छ।


