काठमाडौँ। नेपाल राष्ट्र बैंकले सहकारी बैंकका लागि निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले कर्जालाई असल, कमसल, शंकास्पद र खराब भनी वर्गीकरण गरेको छ।
सहकारी बैंकले प्रवाह गरेको कर्जाको साँवा वा ब्याज भुक्तानी हुनुपर्ने भाखा नाघेको अवधिका आधारमा सम्पूर्ण ऋण-कर्जालाई देहायबमोजिम वर्गीकरण गर्नुपर्नेछ ।

एक वर्षभन्दा बढी समयको लागि ऋण-कर्जा प्रवाह गर्दा किस्ताबन्दीमा भुक्तानी कायम हुने गरी प्रवाह गर्नु पर्नेछ । तर, एक वर्षसम्मको लागि ऋण-कर्जा प्रवाह गर्दा समेत किस्ताबन्दीमा भुक्तानी कायम हुने गरी प्रवाह गर्न सकिनेछ । यसरी एक वर्षसम्मको ऋण-कर्जा किस्ताबन्दीमा भुक्तानी गर्ने गरी प्रवाह भएको हकमा देहायबमोजिम
ऋण-कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने छ ।
कस्ता रकम १ वर्षसम्मले भाखा नाघेको अवस्थामा त्यस्तो किस्ता रकमलाई मात्र सम्बन्धित वर्गमा वर्गीकरण गरी ऋण-कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ । तर, संस्थालेसम्पूर्ण ऋण-कर्जा रकमलाई नै तल्लो वर्गमा वर्गीकरण गर्न चाहेमा यो व्यवस्थाले वाधा पुगेको नमानिने राष्ट्र बैंकले जनाएको छ।
सहकारी बैंकको लेखा नीति तयार गर्दा नेपाल वित्तीय प्रतिवेदनमान NFRSs तथा बमोजिम तयार गर्नुपर्नेछ । नेपाल वित्तीय प्रतिवेदनमानले समावेश नगरेका क्षेत्रहरुमा अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमान (IFRSs) लाई आधारकोरुपमा लिनुपर्नेछ । विवरण तयार गर्दा अपनाइने लेखानीतिहरु नेपाल वित्तीय प्रतिवेदनमान NFRSs मा उल्लेखित व्यवस्थाको अधीनमा रही सहकारी बैंकका सञ्चालक समितिबाट पारित गराई अवलम्बन गरेबमोजिम हुनेछ ।
सहकारी बैंकले अपनाएका लेखानीतिहरुको व्याख्यात्मक विवरण वित्तीय विवरणको लेखा सम्बन्धी टिप्पणी अन्तर्गत प्रमुख लेखानीति (Significant Accounting Policies) शीर्षकमा उल्लेख गर्नु पर्नेछ । लेखानीतिहरु परिवर्तन गर्नु परेमा नेपाल वित्तीय प्रतिवेदनमान ९ल्ँच्क्क० को अधीनमा रही परिवर्तन गर्न सकिने छ । परिवर्तन गरिएको लेखानीतिहरुको विवरण वित्तीय विवरणको लेखा सम्बन्धी टिप्पणी अन्तर्गत Basis of Preparation को Changes in Accounting Policies अन्तर्गत उल्लेख गर्नु पर्नेछ ।

राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘सहकारी बैंकलेकम्तीमा तेत्तिस प्रतिशत महिला सदस्यसहित बढीमा नौजना सञ्चालक रहेको सञ्चालक समिति बनाउनुपर्नेछ । उक्त समितिमा प्रादेशिक प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै एकजना बैंकिङ क्षेत्रका विज्ञ र एकजना सहकारी विज्ञ सहित दुई जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था गर्नुपर्नेछ । सञ्चालक वा सञ्चालकको एकाघर परिवारको सदस्य कुनै सहकारी संस्थामा सदस्य रहेमा त्यस्तो सहकारी संस्थाको कर्जासम्बन्धी कुनैपनि निर्णयमा सो सञ्चालक संलग्न हुन पाइने छैन । साथै, सञ्चालक वा सञ्चालकको एकाघर परिवारको सदस्यलेसदस्य ऋणी सहकारी संस्थासँग कर्जा लिएको भए त्यस्तो कर्जाको भाखा नाघेमा निज सहकारी बैंकको सञ्चालक पदमा बहाल रहन योग्य मानिने छैन । त्यसैगरी, सञ्चालक वा निजको परिवारको स्वामित्वमा रहेको वित्तीय स्वार्थ रहेको फर्म, कम्पनीसँग घर भाडा लिई कार्यालय संचालन गर्न पाइने छैन ।’

