नयाँ सिइओ नियुक्त भएपछि पनि नेरुडे मिर्मिरे लघुवित्तमा लफडा नै लफडा, के कर्मचारीको पद घटुवा भएकै हो ?

काठमाडौँ। नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाकका नयाँ सीइओ केशवकुमार पौडेलको पहिलो निर्णय नै पियनको तलव घटाई दिएका छन् । आइतबार कार्यभार सम्हाल्दै उनले कार्यालय सहयोगी तथा सरसफाइकर्मीको नियुक्ति अधिकार कटौती गरेका हुन् ।

तल्लो तहका कर्मचारीको तलव घटाएको लघुवित्तले संचालकको भत्ता भने बढाउने तयारी गरेको छ ।

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सामाजिक संजाल प्रयोग तथा व्यवस्थापन कार्यविधि, २०८२ लागू गर्ने निर्णय गरेको छ। उक्त निर्णय अन्तर्गत संस्थाका सबै कर्मचारी तथा सम्बन्धित पक्षलाई कार्यविधि बमोजिम पूर्ण रूपमा पालना गर्न निर्देशन दिइएको हो।

कार्यविधिले संस्था भित्रको सामाजिक संजाल, कामकाज, आचार-व्यवहार, गोपनीयता र व्यवहारिक मापदण्डहरूलाई अधिक स्पष्ट र नियमित बनाउने उद्देश्य राखेको छ।

लघुवित्तले जारी गरेको परिपत्रमा कार्यविधिअनुसार शाखा कार्यालयमा कार्यालय सहयोगी नियुक्त गर्दा वा सरसफाईकर्मी नियुक्त गर्दा वा करार अवधि समाप्त भए पश्चात पुन: नियुक्ति गर्दा घाटामा गएका शाखा कार्यालयहरुले करार बेसको नभई दैनिक सरसफाइको लागि बिहानको समय २-३ घण्टा मात्र काममा लगाउनेगरी शाखाको कारोबार साइज र कार्यबोझको आधारमा अधिकतम १० हजार रुपैयाँसम्म हुनेगरी सरसफाईकर्मीको रुपमा र नाफामा रहेका शाखा कार्यालयहरुले आंशिक समय काम गर्नेगरी कार्यालय सहयोगीको रुपमा अधिकतम १४ हजार रुपैयाँ मात्र हुनेगरि सिफारिस गर्न भनिएको छ।

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले जारी गरेको परिपत्रमा करार तथा बाह्य स्रोतबाट कर्मचारी भर्ना सम्बन्धी कार्यविधि, २०८१ लागू भइसकेको उल्लेख गरेको छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै