PRABHU BANK

बेष्ट फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी बाहिरिए

Best Finance
  • बैंकिङ संसार
काठमाडौं । बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी बाहिरिएका छन् । उनी आफ्नो ४ वर्षे कार्यकाल सकिएपछि कार्तिक १७ गते सोमबारदेखि सिइओ पदबाट बाहिरिएका हुन् । 
माछापुच्छ्रे बैंकबाट आफ्नो बैकिङ करियर सुरु गरेका अधिकारीसँग बैकिङ क्षेत्रमा करिब २ दशकको लामो अनुभव हासिल गरेका छन् । 
उनी तत्कालिन कास्की फाइनान्सको सिइओ र तत्कालिन कामना विकास बैंकको सिइओ हुँदै बेष्ट फाइनान्सको सिइओ बनेका थिए । कानुनमा स्नातक गरेको अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै