काठमाडौँ। बैंक अफ जापान (BOJ) का गभर्नर काजुओ उएदाले अहिलेको समयमा युएस भन्सार शुल्क (US tariffs) ले जापानको अर्थतन्त्रलाई दिएजस्तो डर गरिएको असर अपेक्षा भन्दा कम देखिएको बताएका छन् । एक अन्तर्वार्तामा बोल्दै उनले यस्तो बताएका हुन्।
अमेरिकी भन्सार शुल्कका कारण जापानको अर्थतन्त्रलाई ‘झटका’ लाग्ने आँकलन गरिएको थियो, तर वास्तविकमा असर अपेक्षा अनुसार व्यापक नभएको देखिएको छ।
अमेरिकी कम्पनीहरूले भन्सार शुल्कको बोझ सबै उपभोक्तामा सार्न सकेका छैनन् र जापानी कार निर्यातकर्ताहरूले मूल्य घटाएर पनि निर्यात मात्रा स्थिर राख्न सफल भएका छन्। जसले रोजगार र निर्यातलाई ठूलो असर हुनबाट बचाएको भन्दै उएदाले संकेत दिए ।
त्यसैबीच, उनले भन्सार शुल्कको असर अपेक्षा भन्दा कम देखिएकोले १८-१९ डिसेम्बरमा प्रस्तावित केन्द्रीय बैंकको बैठक (monetary policy meeting) अघि दर वृद्धि (interest-rate hike) को सम्भावनामा बजारको विश्वास अझ बलियो भएको स्पष्ट पारे। बजारले अहिले ९०-९१ प्रतिशत सम्भावना राखेको छ। बैंक अफ जापानले मौद्रिक दर ०.५० प्रतिशतबाट ०.७५ प्रतिशत सम्म बढाउनेछ।
उएदाका अनुसार जापानी अर्थतन्त्रको ‘वास्तविक पक्ष’ राम्रो देखिन्छ र ‘अन्तर्निहित मुद्रास्फीति (underlying inflation)’ क्रमश:BOJ को २ प्रतिशत लक्ष्यतिर उक्लिरहेको छ। यसले दर वृद्धि गर्ने तर्कलाई बल दिने संकेत हो।
यसअघि अमेरिकी भन्सार शुल्कका कारण बैंक अफ जापानले दर वृद्धि गर्न हिचकिचाएको थियो। तर, अहिले उएदाले स्पष्ट पारे कि शुल्कको प्रभाव अपेक्षा अनुसार गहिरो नभएको र अर्थतन्त्रले झेलिसकेको छ।



