कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले साढे तीन लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले बुधबार प्रकाशित सूचनामार्फत ३ लाख ५१ हजार ३२७ कित्ता संस्थापक शेयर बिक्रीका लागि उपलब्ध गराउने जनाएको हो।

पहिलो चरणमा यो शेयर बैंकका हालका संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउनेछन्। त्यसका लागि बैंकले ३५ दिने सूचना अवधि दिएको छ। निर्धारित अवधिभित्र संस्थापक शेयरधनीले नखरेका शेयर भने दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्