DISH HOME

‘विद्युतीय कार्ड लिँदा आवश्यक जानकारी लिनुहोस्’

काठमाडौँ। विद्युतीय कार्ड लिँदा आवश्यक जानकारी लिन राष्ट्र  बैंकले आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि सचेतनामूलक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

राष्ट्र बैंकबाट जारी भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ को विद्युतीय भुक्तानी कार्ड सञ्चालसम्बन्धी व्यवस्थामा बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई डेबिट कार्ड (एटीएम कार्ड), क्रेडिट कार्ड, प्रिपेड कार्डजस्ता विद्युतीय कार्ड जारी गर्दा आवेदन फारामसँगै कार्ड प्रयोगसम्बन्धी सम्पूर्ण आवश्यक जानकारी उपलब्ध गराउनुपर्ने उल्लेख छ।

साथै, विद्युतीय कार्डसम्बन्धी सेवा लिनुपूर्व ग्राहकले त्यसबापत लाग्ने शुल्क, कारोबारको सीमा तथा कार्डबाट प्राप्त हुने अतिरिक्त सुविधाजस्ता विषयमा आवश्यक जानकारी लिन पनि राष्ट्र बैंकले सुझाव दिएको छ। सूचनासहित:

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै