काठमाडौँ। मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा रविन्द्रमान श्रेष्ठ नियुक्त भएका छन्। मंसिर २१ गते बसेको कम्पनीको सञ्चालक समितिको १०२औं बैठकले सञ्चालकमा रविन्द्रमान श्रेष्ठलाई नियुक्त गरेको हो।
यसअघिका सञ्चालकले राजीनामा दिएपछि रिक्त रहेको सो पदमा श्रेष्ठ चयन भएका हुन्।
कम्पनीको संस्थापक समुहबाट प्रतिनिधित्व गर्दै आएका गोविन्द बहादुर राउतले समय व्यवस्थापनको कारण देखाउँदै सो पदबाट राजीनामा दिएका थिए।



