आफ्ना सन्तानलाई विदेश नपठाउन गभर्नरको आग्रह

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तिहरूले नेपालमा केही नहुने भन्दै आफ्ना सन्तान विदेश पलायन गराएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा आइतबार बोल्दै उनले यस्तो बताएका हुन्।

उनले एक दशकभन्दा बढी व्यक्तिहरूले यो देशमा केही हुँदैन भनेर आफ्ना छोराछोरी सबैलाई विदेश पठाइरहेको जनाएका छन्। विदेशमा भएका सन्तानलाई देशमै फर्काउँन  गभर्नरले आग्रह गरेका छन्।

कुनै पनि कुरा रातारात गर्छु भन्ने कुनै फर्मुला नहुने भएकाले बिस्तारै गर्दै जानुपर्ने गभर्नर पौडेलको भनाई छ।

कार्यक्रममा उनले अर्काको कोल्याटर बेचेर आफूलाई फाइदा हुने काम गर्नु भनेको ‘पार्ट अफ करप्सन’ रहेकाले यसलाई नेपाल राष्ट्र बैंकले क्षम्यकोरुपमा नलिने पनि बताएका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्