लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख २० हजार ९० कित्ता सेयर बिक्रीमा राखिएको हो।

जुन सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौँको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्