कुमारी बैंकको १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। कुमारी बैंकले मंसिर १० गतेदेखि १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २ हजार कित्ता सेयर बिक्रीमा राखेको हो।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्।

आवेदनकले बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं १ नक्साल नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं २, टंगालमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्