‘बैंकमा भएको पैसालाई हाइड्रोमा प्रयोग गर्न किन सकिएन ?’

काठमाडौँ। उर्जामन्त्री कुलमान घिसिङले बैंकहरुमा भएको पैसालाई हाइड्रोमा किन प्रयोग गर्न सकिएन भन्दै प्रश्न उठाएका छन्। नेपाल युवा उद्यमशिलता शिखर सम्मेलनलाई सम्बोधन गर्दै घिसिङले यस्तो प्रश्न उठाएका हुन्।

उनले बैंक तथा वित्तीय संस्थामा पैसा धेरै हुँदा पनि हाइड्रोमा भने लगानी हुन नसकेको उल्लेख गरेका छन्।

घिसिङले अप्पर अरुणमा लगानी ल्याएन विश्व बैंकलाई १० वर्षदेखि पछ्याउँदा पनि अहिलेसम्म फाइनान्सिङको टुंगो नलागेको उल्लेख गरेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्