निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंकहरूको मुद्धति निक्षेपमा ४ अर्ब १५ करोड लगानी गर्ने (सूचनासहित)

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको मुद्धति निक्षेपमा निक्षेप तथा कर्जा सुरक्षण कोषले लगानी गर्ने भएको छ। बैंकहरुको मुद्धति निक्षेपमा कोषले ४ अर्ब १५ करोड लगानी गर्ने भएको हो।

उक्त निक्षेप लिन चाहने बैंकहरुले मंसिर १५ कार्यालय समयभित्र आवेदन बुझाउनु पर्नेछ।

कोषले बैंक संचालनमा आएको कम्तीमा पाँच वर्ष पुरा गरेको, पछिल्लो आर्थिक वर्षहरुमा लगातार पाँच वर्षदेखि नाफामा रहेको, नेपाल राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको, निष्कृय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत भन्दा कम भएको, खूद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात वा कर्जारनिक्षेप अनुपात नेपाल राष्ट्र बैंकले समय-समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने जनाएको छ।

notice

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्