DISH HOME

मोबाइल बैंकिङबाट हुने कारोबार बढेको बढ्यै, तीन महिनामा ५४ अर्ब बढी कारोबार, इन्टरनेट बैंकिङमार्फत १७ करोड बढी !

काठमाडौँ। मोबाइल बैंकिङमार्फत ५४ अर्ब बढी कारोबार भएको पाइएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङक अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को असोज महिनासम्ममा मोबाइल बैंकिङमार्फत ५४ अर्ब ८५ करोड १५ लाख रुपैयाँको कारोबार भएको हो।

आर्थिक वर्ष २०७१-८२ को सोही अवधिसम्ममा बैंकिङमार्फत ४० अर्ब १२ करोड ४१ करोड रुपैयाँ कारोबार भएको थियाे।

पछिल्लो समय मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङसँगै विविध भुक्तानीका माध्यमहरु वालेट, कनेक्ट आइपीएस, डेबिट र क्रेडिट कार्डको प्रयोग बढेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार इन्टरनेट बैंकिङमार्फत गरिने कारोबार पनि बढेको छ। चालु आर्थिक वर्ष २०८२-८३ को असाेज महिनामा इन्टरनेट बैंकिङमार्फत २१ करोड ९० लाखभन्दा धेरैको कारोबार भएको छ।

आर्थिक वर्ष २०८१-८२ को सोही अवधिमा भने इन्टरनेट बैंकिङमार्फत १७ करोड २६ लाख बढीको कारोबार भएको थियो।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै