विद्युतीय भुक्तानी सेवा प्रयोग गर्न नमिलेको खण्डमा के गर्ने ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवाको व्यवस्थापन सम्बन्धी जानकारी गराएको छ। राष्ट्र बैंकले वित्तीय सचेतनाका लागि चेतनामूलक सूचना जारी गर्दै विद्युतीय भुक्तानी सेवाको व्यवस्थापन सम्बन्धी जानकारी गराएको हो।

उक्त सूचनामा भनिएको छ, ‘ वित्तीय ग्राहकलाई डिजिटल भुक्तानी सेवा स्वतन्त्र रुपमा व्यवस्था गर्ने सुविधा प्रदान गर्दै सुरक्षित र सहज सुनिश्चित गर्ने उद्देश्यले आफूले प्रयोग गरिरहेको विविध विद्युतीय भुक्तानीसम्बन्धी सेवाहरु विभिन्न कारणवश प्रयोगगर्न नमिल्ने अवस्थामा स्वयंले आधिकारिक मोबाइल एप वा वेब पोर्टलमार्फत निष्क्रिय गर्न सकिने व्यवस्था रहेको छ, यदि त्यस्तो सेवा पुन: प्रयोग गर्नुपरेमा फेरि मोबाइल एप वा वेब पोर्टलमार्फत सक्रिय गर्न सकिने व्यवस्था रहेको छ।’

सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उपयुक्त सेवाका लागि आफ्नो एप वा वेब पोर्टलमा आवश्यक व्यवस्था मिलाउनुपर्ने प्रावधान राष्ट्र बैंकबाट जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ को ग्राहक हित संरक्षणसम्बन्धी व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्