DISH HOME

वर्षौंपछि माछापुच्छ्रे बैंकको ब्राण्डिङ विभागमा नेतृत्व परिवर्तन: शर्मा अब सहायक, खतिवडा बने प्रमुख !

काठमाडौँ। माछापुच्छ्रे बैंकले आफ्नो ब्राण्डिङ विभागको नेतृत्वमा महत्वपूर्ण परिवर्तन गरेको छ। बैंकले विगत लामो समयदेखि विभागको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी सुनिता शर्मा ढकाललाई पदबाट हटाएर विभागको नेतृत्व सिनियर बैंकर सुनिल खतिवडालाई सुम्पेको हो।

सुनिता शर्मा ढकालले यसअघि धेरै वर्षदेखि ब्राण्डिङ विभागको प्रमुखको रूपमा बैंकको ब्राण्ड व्यवस्थापन र प्रचार-प्रसारको काम सम्हाल्दै आएकी थिइन्। तर, केही समययता उनलाई बैंकका गोप्य सूचना चुहाएको र मिडियासँग असन्तोषजनक व्यवहार गरेको आरोप लागेका थिए। यसै कारण, बैंकभित्र र बाहिरबाट उनको नेतृत्वको प्रश्न उठ्दै आएको थियो।

बैंकले यस दबाब र आलोचनालाई मध्यनजर गर्दै सुनिता शर्मालाई विभाग प्रमुखको पदबाट हटाएको र अब उनी सोही विभागमा सहायकको भूमिकामा रहने निर्णय गरेको छ। सिनियर बैंकर सुनिल खतिवडाले विभाग प्रमुखको जिम्मेवारी लिँदा विभागको रणनीति, ब्राण्ड निर्माण र सञ्चार व्यवस्थापनमा नयाँ दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै