PRABHU BANK

एनआईसी एशिया बैंकद्धारा Insta-Buy योजना सार्वजनिक, सहज एवं सुरक्षित सेवा प्रदान गर्ने उद्देश्य

Nic Asia Bank
  • बैंकिङ संसार 
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै Insta-Buy योजना सार्वजनिक गरेको हो । बैंकले नगदरहित कारोबारमा ग्राहकहरूलाई आकर्षित गर्ने तथा आवश्यक सामग्री एवं सेवा खरिद गर्न सहजीकरण गर्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको हो । 
बैंकका ग्राहकहरुले अब क्रेडिट कार्डमार्फत देशभरका जुनसुकै POS मर्चेन्टहरूमा कार्ड स्वाइप गरी भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने भएको छ । यस योजनामार्फत ग्राहकहरूले सामान खरिद गरी खरिद रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्ने भएका छन् । क्रेडिट कार्ड प्रयोगकर्ताहरूले खरिद गर्ने इलेक्ट्रोनिक्स, घरायसी सामग्री, फर्निचर, टुर प्याकेज, सुन तथा हिराका गरगहना लगायतका सामग्रीको खरिद रकम न्युनतम ३ महिनादेखि अधिकतम १८ महिनासम्मको अवधिभित्र भुक्तानी गर्न सक्ने व्यवस्था बैंकले गरेको छ । 
यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई समेत देशभरका २ हजार ३ सय वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था पनि बैंकले गरेको छ । ग्राहकहरुलाई नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई Cashless Economy बनाउन सहयोग पुर्याउन बैंकले यस प्रकारका योजनाहरू ल्याइरहेको हो । 
यस योजनामा सहभागी भई आकर्षक सुविधा प्राप्त गर्न चाहने नयाँ ग्राहकहरूले क्रेडिट कार्डको निमित्त आवेदन दिन बैंकको कुनै पनि शाखा कार्यालय वा बैंकको वेबसाइटमार्फत जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन आवेदन दिन समेत सक्ने भएका छन् । बैंकले देशभर ३ सय २७ शाखा कार्यालय, ४ सय ७० एटिएम, १ सय २ वटा एक्स्टेन्सन काउन्टर र ७३ वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै