महुली लघुवित्तले कमायो तीन महिनामा ३ करोड ४४ लाख नाफा, ईपीएस ०.५६ रुपैयाँबाट बढेर ३७.२८ रुपैयाँ कायम !

काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२-८३ को प्रथम त्रैमासको अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

जसअनुसार चालु वर्षको पहिलो ३ महिनामा संस्थाले ३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले ४४ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

अघिल्लो वर्षको तुलनामा यो वर्ष कम्पनीको नाफा ७५७८.६२ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि ७५७१.८१ प्रतिशतले बढेर ४ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी ११ करोड १३ लाख रुपैयाँ रहेको छ।

यता कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ०.५६ रुपैयाँबाट बढेर ३७.२८ रुपैयाँ कायम भएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्