DISH HOME

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौँ। नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त भएका छन् । वि.सं. २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका उनी कात्तिक १९ देखि लागू हुने गरी राष्ट्र बैंकको प्रवक्तामा नियुक्त भएका हुन्।

राष्ट्र बैंकले कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) गुरुप्रसाद पौडेललाई बैंकको प्रवक्ता तोकेको हो ।

पौडेलसँग बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागलगायतमा काम गरेको अनुभव छ ।

हाल उनी मानव संसाधन व्यवस्थापन विभाग प्रमुख हुन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै