DISH HOME

गरिमा विकास बैंकको सेयर मूल्य नेप्सेमा समायोजन

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गरिमा विकास बैंकको सेयरमूल्य समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले बैंकको सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले बैंकको ६ प्रतिशत बोनश सेयरपछिको मुल्य समायोजन गरेको छ। मूल्य समायोजनपछि बैंकको सेयरमूल्य ३९३ रुपैयाँ ४० पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता ४१७ रुपैयाँका आधारमा बैंकको सेयरमूल्य समायोजन गरेको हो। उक्त समायोजित मूल्यलाई आधार मानेर मंगलबारको बजारमा बैंकको सेयर कारोबार खुल्नेछ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै