DISH HOME

कामना सेवा विकास बैंकले कमायो १९ करोड बढी नाफा, तीन महिनामा ५३ अर्ब ४५ करोड कर्जा प्रवाह !

काठमाडौँ। कामना सेवा विकास बैंकले पहिलाे त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकले समीक्षा अवधिमा ६३ अर्ब ७८ करोड निक्षेप संकलन गरी ५३ अर्ब ४५ करोड कर्जा प्रवाह गरेको छ ।

बैंकले पहिलाे त्रैमास सम्ममा १९ करोड ७६ लाख खुद नाफा कमाउन सफल भएको हो । बैंकको कर्जा निक्षेप अनुपात ८६.३५ प्रतिशत रहेको छ भने बैंकको कुल सम्पत्ति ७१ अर्ब ६३ करोड पुगेको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात भने ४.४१ प्रतिशत रहेको छ ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै