PRABHU BANK

मुक्तिनाथ विकास बैंकद्धारा अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा, डिजिटल प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्य

Muktinath Bikas Bank
  • बैंकिङ संसार 
काठमाडौं । मुक्तिनाथ विकास बैंकले अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको समयको महत्वलाई ध्यानमा राखी र कोरोना महामारीको विषम परिस्थितीमा डिजिटल प्रणालीको प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सुविधा ल्याएको हो ।
बैंकलाई थप प्रविधिमैत्री बनाउने क्रममा बैंकले आफ्नो वेबसाइटकबाट सिधै विभिन्न कर्जाका लागि आवेदन दिन सुविधा ल्याएको हो । साथै कर्जा स्वीकृतिका लागी आवश्यक पर्ने कागजात समेत अनलाइन मार्फतनै ग्राहकहरुले प्रस्तुत गर्न सक्ने सुविधा पनि उपलब्ध गराएको छ ।
यस प्रणाली मार्फत ग्राहकले आफुलाई सहज पर्ने कुनै पनि शाखा अनलाइननै छनौट गरि कर्जा आवेदन दिन सक्ने भएका छन् । साथै सम्पूर्ण कागजात प्रस्तुत गरिएको ७ कार्य दिन भित्रनै कर्जा स्वीकृति गरिनेछ । बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याइएको बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै