DISH HOME

एनआईसी एशिया बैंकका ग्राहकलाई किरण आँखा अस्पतालमा विशेष छुट

काठमाडौँ। एनआईसी एशिया बैंकका ग्राहकलाई आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउन किरण आँखा अस्पताल र बैंकबीच सम्झौता भएको छ। यस सम्झौतासँगै बैंकका ग्राहकले उक्त अस्पतालमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन्।

यस बैंकका ग्राहकले अस्पतालमा ओपीडी, डायग्नोस्टिक्स, शल्यक्रिया, ब्रान्डेड अप्टिकल र नन-ब्रान्डेड अप्टिकल सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्ने छन्। यस सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

उक्त अस्पतालसँगको सहकार्यले ग्राहकलाई आँखा उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै