काठमाडौँ । राष्ट्र बैंकले गभर्नरका लागि घर भाडामा लिने तयारी गरेपछि राष्ट्र बैंकको खर्चमा गभर्नरलाई किन घर भाडामा लिने भनेर चर्चा गर्नेहरु बढेका छन् । गभर्नरको सुरुवातीदेखि नै बिरोध गरिरहेका केहिले यसलाई थप विरोधको मसाला बनाएका छन् । तर राष्ट्र बैंकमा यसअघि पनि अन्य गभर्नरले समेत यस्तो सुविधा लिएको पाइएको छ ।
यसअघि तत्कालीन गभर्नर चिरञ्जीवी नेपालका लागि पनि राष्ट्र बैंकले महाराजगञ्जमा महँगो दरमा आधुनिक घर पाँच वर्षका लागि भाडामा लिएको थियो । आफु बसिरहेको घरको कोठा सानो भएको भन्दै गभर्नर नेपालले आफ्ना लागि घर खोज्न लगाएका थिए । उनी गभर्नर रहुन्जेलसम्म सोहि घरमा बसेका थिए ।