PRABHU BANK

एनआईसी एशिया बैंकले सुरु गर्यो नयाँ सेवा, मोबाइल बैंकिङबाटै मुद्दती खाता खोल्न सकिने

NIC ASIA Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुका लागि नयाँ सेवा सुरु गरेको छ । बैंकले मोबाइल बैंकिङमार्फत ग्राहकहरूले आफै मुद्दती खाता खोल्न सक्ने सुविधाको सुरु गरेको हो । डिजिटल बैंकिङ प्रवद्र्धनका साथै आफ्ना ग्राहकहरूलाई अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधा दिई सहज बैंकिङको प्रत्याभूति गराउन बैंकले यस नवीनतम सेवा सुरु गरेको हो । 
बैंकका ग्राहकहरूले NIC ASIA Mobile Banking एपमा रहेको Fixed Deposit आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्न सक्ने भएका छन् । यस बैंकमा ग्राहकहरूले कम्तिमा ३ महिनादेखि अधिकतम १० वर्ष भन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्नेछन् । यस्तै वार्षिक व्याजदर सुविधा क्रमशः ७.२५ प्रतिशतदेखि ९.७५ प्रतिशतसम्म प्राप्त गर्न सक्नेछन् । 
मोबाइल बैंकिङमार्फत मुद्दती खाता खोल्ने ग्राहकहरूलाई प्रोत्साहनस्वरूप बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दती निक्षेपको व्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको छ । बैंकले ल्याएका यो सुविधा अन्तर्गत स्वचालित पद्धतीअनुरूप ग्राहकहरूले क्षणभरमै मुद्दती खाता खोली बिना कुनै झन्झट उच्चतम व्याजदरले भरिपूर्ण मुद्दती निक्षेपको फाइदा लिन सक्नेछन् । 
बैंकले हाल शाखा कार्यालयहरू तथा वेबसाइटमार्फत मुद्दती खाता खोल्ने सुविधा दिँदै आएकोमा NIC ASIA Mobile Banking मार्फत थालनी गरिएको यस सुविधाबाट ग्राहकहरूले अझ सहज रुपमा मुद्दती खाता खोल्न सक्नेछन् । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप बैंकले आफ्ना विभिन्न सेवा, कारोबार तथा सुविधाहरू प्रविधिमैत्री बनाउने क्रममा ल्याएको यस अनलाइन माध्यमबाट मुद्दती निक्षेपकर्ताहरूले थप सहज रुपमा सुविधा उपभोग गर्न सक्ने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै