काठमाडौँ। हिमालयन बैंकको चाबहिल शाखा स्थानान्तरण गरिएको छ। बैंकले चाबहिल २ शाखालाई स्थानान्तरण गरी एनएल कम्प्लेक्स, काठमाडौं महानगरपालिका वडा नं ०२, बालुवाटार, काठमाडौंबाट आश्विन २ गतेदेखि बालुवाटार शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका उच्चपदस्थका कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका थिए ।
हाल बैंकले नेपाल भरी फैलिएका १ सय ७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २ सय ८६ एटिएम, ८ हजार भन्दा बढी पिओएस टर्मिनल र १५ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।