prabhu

रोशन कुमार न्यौपाने, एनआईसी एशियालाई नम्बर १ बनाएर छोड्छु भन्थे, पछाडीबाट नम्बर १ बनाएर छोडे !

काठमाडौँ । ठुलो महत्वाकांक्षा राखेर बैंकमा ‘जथाभावी’ गर्दा के हुँदो रहेछ भन्ने तथ्यको पछिल्लो उदाहरण बनेका छन् एनआइसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपाने । केहि बर्षमा एनआईसी एशियालाई नम्बर १ बनाउँछु भनेर लागेका उनी अन्तत: बैंकलाई बाणिज्य बैंकहरुमध्ये सबैभन्दा कमजोर बनाएर बैंकबाट निस्किएका छन् ।

आजको दिनमा हेर्दा बैंक निकै कमजोर अवस्थामा छ । बैंकको सेयर भाउ ३ बर्ष यताकै सस्तो भएको छ भने नाफाका अधारमा बैंक सबै बाणिज्य बैंकभन्दा कमजोर देखिएको छ । र यस्तो बेलामा केहि सीप नलागेपछि न्यौपानेले बैंक नै छोडिदिएका छन् । कुनै बेला निकै राम्रो पर्फर्मेन्स गरिरहेको एनआईसी एशिया बैंक बाणिज्य बैंकहरुमध्ये नै सबैभन्दा कमजोर देखिएपछि बैंकका सीइओलाई राजिनामाको प्रेसर आएको थियो ।

पटक पटक सो प्रेसर थाम्ने प्रयास भए पनि केहि सीप नलाग्ने देखेपछि न्यौपानेले राजिनामा दिएका हुन् । बैंक उठ्नै नसक्नेगरी थला पार्ने काम भएको भन्दै तत्कालीन सीइओ रोशन कुमार न्यौपानेको संचालक समितिभित्रै विरोध भईरहेको थियो । यता न्यौपानेले छोडेपछि बैंकको सीइओमा सन्तोष राठी नियुक्त भएका छन् । पूर्व सीइओ रोशन न्यौपानेले राजिनामा दिएपछि राठी बैंकको सीइओ नियुक्त भएका हुन् ।

यसअघि बैंकका तत्कालीन डेपुटी सीइओ सुधिर नाथ पाण्डेलाइ बैंकबाट निकाल्न महत्वपूर्ण भूमिका खेलेको आरोप लागेका उनी यसअघि पनि बैंकको सीइओ बन्ने लाइनमा छन् भन्ने चर्चा थियो । अन्तत: सो चर्चा पुष्टी नजिक पुगेको छ । उनी हाल बैंकमा डेपुटी सीइओ थिए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै