बैंकर र व्यवसायीसँग गभर्नरको छलफल

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गरेका छन्। भदौ २३ र २४ भदौको जेनजी आन्दोलन र सोही क्रमममा पुगेको क्षति बारे गभर्नर पौडेलले बैंकर र व्यवसायीका प्रतिनिधिसँग छलफल गरेका हुन् ।

गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूसँग पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टाछुट्टै छलफल गरेको राष्ट्र बैंकले जनाएको छ ।

छलफलमा नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्याकारी अधिकृत सन्तोष कोइराला, बैंकर्स संघका उपाध्यक्ष समेत रहेका ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष सुयोग श्रेष्ठ, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव उपाध्याय लगाय उपस्थित थिए ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै