काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकको नयाँ बानेश्वर शाखा जलेर ध्वस्त भएको छ । प्रदर्शनकारीले आगो लगाइदिएपछि बैंकको सो शाखा जलेर ध्वस्त भएको हो ।
बैंकको शाखाको आगो विहानसम्मसमेत केहि मात्रामा बलिरहेको छ । बैंक पूरै जलेपछि बैंकमा रहेका महत्वपूर्ण फाइलसमेत जलेका छन् । बैंकमा रहेका केहि पैसा पनि जलेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
यता बैंकबाट पैसा लुटेर भाग्नेहरु पनि देखिएका छन् ।