prabhu

राष्ट्रिय बाणिज्य बैंकमा पैसा लुटेर भागे लुटेरा 

काठमाडौँ । आन्दोलनका नाममा लुटेराहरु राष्ट्रिय बाणिज्य बैंकबाट पैसा लुटेर भागेका छन् । राष्ट्रिय बाणिज्य बैंकको नयाँ बानेश्वरस्थित शाखाबाट मंगलबार राती पैसा लुटेर लुटेरा भागेका हुन् ।
प्रदर्शनकारीले सो बैंकलाई आगोसमेत लगाईदिएका छन् भने सो बैंकमा रहेको सुनसमेत लुटिएको छ । आगजनीपछि बैंकका कागजपत्र जलेर नष्ट भएका छन् । क्षतिको विवरण आउन बाँकी छ ।
कर्फ्यु लागेकाले बैंकमा कोहि पनि थिएनन् । बैंकमा सुरक्षा गार्डसमेत नभएको पाइएको छ ।
आन्दोलनकारीहरु बैंक लुट्ने योजनासहित बैंकभित्र पसेको र पैसा झिकेर हिंडीरहेको भिडियो यति बेला सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै