PRABHU BANK

माछापुच्छ्रे बैंकद्धारा एकैदिन देशका विभिन्न स्थानमा ६ ओटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले एकैदिन देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । उक्त शाखा रहित बैंकिङ सेवाको संचालनसँगै बैंकको शाखा रहित बैंकिङ सेवा संख्या १४१ पुगेको छ ।
बैंकले स्याङजा जिल्लाको पुतलिबजार नगरपालिका-१२, पेल्काचौर, कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका-०१, शिवपुर, कपिलबस्तु जिल्लाकै बुद्धभूमि नगरपालिका-०९, बिजगौरी, कन्चनपुर बेलौरी नगरपालिका-०३, गोकुलपुर, दार्चुला जिल्लाको व्यास गाउँपालिका-०६, हुटी र जिल्ला कै मलिकार्जुन गाउँपालिका-०६, उकुमा थप ६ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने भएको छ । 
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउदै आईरहेको छ । बैंकले १ सय ६० वटा शाखा, २सय वटा एटीएम र १ सय ४१ वटा शाखा रहित बैकिङ सेवामार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै